गजल 39

गजल
दुधले नुहाइ नुहाइ कसम नखाउ होला।
हो आसु चुहाइ चुहाइ कसम नखाउ होल।

स्वार्थकै निम्ती? अचम्म! पिछा नछोडेर।
आफ्नै खुवाइ खुवाइ कसम नखाउ होला।

एउटा मन हासेपनी अर्कोको ता हालत हुन्छ।
घरकी रुवाइ रुवाइ कसम नखाउ होला।

नजाने गाउ हो मेरो निम्ती तिम्रो प्रस्ताव।
मुर्ती छुवाइ छुवाइ कसम नखाउ होला। 

यो ता झगडाको बिजमत्र हो किन बाल्ने?
ना' आगो धुवाइ धुवाइ कसम नखाउ होला।

गोविन्द फुयाल। लुहिविल, केन्ठकी।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.