गजल 4

भक्ती गजल

मानव देहले केही कृति छरेर जाउ।
दुई दिनको छ जीवन भक्ती गरेर जाउ।।

काम्क्रोध लोभको यो अथह सागरबाट।
अरु सबैलाई तारी सोयम तरेर जाउ।।

भक्तीको मार्ग छोडि बेलक्ष्य जानु कहाँ?
ज्ञानी र सज्जनको पाउ परेर जाउ।।

भोगेर दु:ख बाँच्न गाह्रो छ जिन्दगानी।
हिन र दुर्बलको दु:ख हरेर जाउ।।

बेकाबु मनको कालो वैराग्यले जलाउदै।
गोविन्द नाम प्यारो मनमा भरेर जाउ।।
आसम बोकाघाट २००६

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.