फर्की आउ
सरस्वती प्रा बिको आङगनमा झुरुप्प छात्र छात्राका माझमा
उदय सर बडो उत्शाहका साथ नानीहरुलाई पाठ घोकाउदै छन। टन्टलापुर घामको कुनै
फिक्री छैन। एउटा नवयुवक सरासर आएर मास्टर जिको पाउ छुदै ढोग्छ।
सर मलाई चिन्नुभो? मास्टर अलिक सोचेर भन्छन हैन प्रकाश हैन भन्या? कत्ती सरो तेजिलो
कान्ती तिम्रो अनुहारमा? चिन्नै नसकिने भएछौ। नानीहरु तिर देखाउदै,
"तिमीलाई एसतै उमेरमा देख्या त हो नि, अनी तिमी शहर गैहालेउ।" हो नि सर अब
कहिलै शहर नजाने योजना बनाएर गाउ फेर्केको छु। अनी के गर्छौ यो गाउमा
प्रकाश बाबु? अब म डक्टर भएर आएको छु। ईनै गरीब गाउलेको श्वस्थ सेवा गर्छु।
मास्टर छक्क पर्दै, हैन डाक्टर भएकोमा खुशी लाग्यो तर धेरै पैसा त शहरमै
कमाउथौ फेरी शहर जानेहारु कोही फर्केर गाउ आएनन। अब मलाई अलिक ढुक्क
लाग्यो। शायद मेरा विध्यर्थीहरु आफ्नै गाउ फर्किन थाले। यो गाउको बिकास
हुने भयो अब।
गोविन्द फुयाल। लुहिविल, केन्टकी।
Subscribe to:
Post Comments (Atom)
Powered by Blogger.
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!