गीत

झर झर झर झर झर झर झर झर झर्नाको पानी।
पानी जस्तै बगी जाने हाम्रो जिन्दगानी।

 फुल जस्तै फुली एक दिन बरै  झरी जानु पर्छ। 
दुई दिने चोला बगेको खोला मिठो बोल्नु पर्छ। 
मिलन, बिछोड, हासो र रोदन, हार अनी जित  हो।
गुन गुन गुन गुन गुन गुन गुन गुन गुगुनाउ साथी। 
हाम्रो जीवन बिती गयो गन्दै दिन राती।
दैबको लेखा मेटिन्न कहिलै रोएर के  हुन्छ।
खुलेर आजै हासौ है भोली के हुन्छ के हुन्छ। 
घाम र जुन, रात र दिन जिन्दगी गैहाल्छ। 
भुर भुर भुर भुर भुर भुर भुर भुरुरु चरी भुरुरु  चरी । 
पंक्षि सरी आकाशमा जान्छ उडी उडी। 
शब्द: गोविन्द  फुयाल। यू एस ए।  
संगीत: फुर्बा लामा। क्यानाडा।

1 comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.