गजल 42

गजल

ईराक जस्तै बम बारुध नखसोस है भुटानमा।
अजिङगर जस्तो शासन नपसोस है भुटानमा।

प्रजातन्त्र मागेको हो नेपाली हौ भनी खेदेउ। 
तिब्बतबाट आको राजा नबसोस है भुटानमा।

कत्ती सम्म हेपेको लौ आधा देश हाम्रै थियो।
राजा सर्प बनी जनता नडसोस है भुटानमा।

ईतिहास हेर हाम्रो दक्षिणमा हाम्रै राजा।
पुनाखामा बोलाई छुरा नधसोस है भुटानमा। 

गोविन्द फुयाल

1 comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.