गजल
माया गर्ने मान्छे कस्लाई मन पर्दैन र?
दिल हर्ने मान्छे कस्लाई मन पर्दैन र? १
चेतनाको अंकन्टार खोप भित्रै समाज छ।
ज्योति छर्ने मान्छे कस्लाई मन पर्दैन र? २
आफ्नु वास्ता छैन अरुको दु:खमा सधैं।
आँखा भर्ने मान्छे कस्लाई मन पर्दैन र? ३
अरुलाई जिताउन आफु मरी मेटी कन।
तल झर्ने मान्छे कस्लाई मन पर्दैन र? ४
जाती होस् या देश सबैको हित खतिर।
आँफै मर्ने मान्छे कस्लाई मन पर्दैन र? ५
अरु ठम्ठमी हिड्या बिकास पथ हेर्दै।
बामे सर्ने मान्छे कस्लाई मन पर्दैन र?६
गोविन्द फुयाल।
लुहिविल, केन्ठकी। USA
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!