गजल
अँखाबट बियोगको भेल बग्यो।
गङ्गा अनि जमुनाको मेल बग्यो।
ब्यथा रित्याउन निरन्तर भक्कानिदै।
ह्जुर! अन्तिम बिन्दु रहुन्जेल बग्यो।
झुक्याउने दाउ रैछ सुरुमै निर्मोहिको।
अनि तानाबानाको जालझेल बग्यो।
येतापनि ठिक्क उता पनि ठिक्क पार्दै।
द्वाल्पाटे त्यो नाटकिय खेल बग्यो।
गोविन्द फुयाल
लुहिविल, केन्ठकी, USA
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!