गजल
मायालुले दिएको सौगात अलग हुन्छ।
मन मिल्ने साथी सँग बात अलग हुन्छ।१।
युग हुन्छ प्रतिक्षाको एकै घण्टपनी।
आखिरमा मिलनको रात अलग हुन्छ।२।
सानु हुन्छ प्रारम्भमा सुस्तरी पलाउदै।
धड्कनमा पिरतिको घात अलग हुन्छ।३।
लोलाएका आँखा भरी माया फुलाउने।
ढुक्ढुकिको धर्म यस्को जात अलग हुन्छ।४।
मनले जे बोल्छ सधैं त्यही सुन्नु भनी।
फुल जती उसै तिर पात अलग हुन्छ ।५।
मुग्ध हुन्छ मिलनमा हरेक अङ्ग छुदै।
माया गर्ने कोमल त्यो हात अलग हुन्छ।६।
गोविन्द फुयाल।
लुहिविल, केन्ठकी। USA
12/8/13
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!