गजल
देब्रे पाटो दुख्छ अनि मन रसाउछ।
साउनको झरी जस्तै आँसु खसाउछ।।
दबाएर राखी रहे दुख्दै जिन्दगी यो।
घुक घुक गर्दै पीडा गला कसाउछ।।
जुक्ति गर्छु विगतका दृश्य हटाउन।
मनै भित्र वेदनाले बस्ती बसाउछ।।
भार माथी दुख हरु झनै भार हुँदै।
पीडा बढी बहुलट्ठी हासो हसाउछ।।
रेटिएको तार जस्तो भयो जिन्दगानी।
असारको दल दले भास्मा भसाउछ।।
गोविन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!