बिचार

सन्दर्भ नेपालको,
विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाल हो भन्ने सबैलाई ज्ञान पक्कै हुनुपर्छ चाहे पैसाका बलमा जबर्जस्ती कृश्यानिटि फैलाउ वा हेपाहा भएर गाई काटेर खाउ। नेपालीको अधोगती भएको सधै सिक्को गर्ने भएर हो। अरु हात्ती चड्यो कि आफू संग होस या नहोस नेपालीलाई हात्ती नै चाइहाल्ने महत्वाकांक्षाले साच्चै एक दिन नेपाली भन्न पनि लाज लाग्ने स्थितिमा त पुर्याउदैन? वैदेशिक रोजगार अन्तर्गत बेदेशिएका केहि युवाहरूलाई अब गाईमा मासुको चोक्टा देख्ने दृस्टि बिकास भएको पाईयो जब कि हामी हिन्दुहरु गाईमा भगवान देख्छौ। अझ भन्ने हो भने यस्ता केही स्वार्थी जमातका कारण नेपाली जाती बदनाम गरिदैछ। आफूलाई नेपाली हुँ भन्नेले यस्ताको स्वार्थमा लागेका मान्छेहरूलाई मोसो दल्न सक्नुपर्छ नत्र के को नेपाली? राष्ट्रियता नेपाली हुदैमा मन नेपाली नहुन सक्छ, राष्ट्रियता भन्ने कानुनी कागजको टुक्रा बाहेक अरु केही हुन सक्दैन। नेपाली हुनलाई नेपाली मन चाहिन्छ चाहे त्यो जुनसुकै देशमा किन नजन्मियोस, जुनसुकै देशको नागरिक किन नबनोस उसको मनमा नेपाली पन हुनुपर्छ। क्रमशः......

3 comments

  1. कुरा चै ठिकै हो है | तपाइको बिचारमा मलाई एउटा कुरा जोड्न मन लग्यो | मलाई के लाग्छ भने अरुले हात्ती चड्यो भनेर नै नेपालीले हात्ती चड्न चाहेको हो | आरुले कसैले प्रगति गरेको देख्न नसक्ने बानिले नै नेपालीलाई गाई खान रहर लाग्या होला (..अरुले गाई खाएको देखेर) | अरुले कसैले प्रगति गरेको देखेर केहि सिक्नु पर्ने ठाउमा त्यसलाई कसरि पछारुं भन्ने बानि हटाउनु पर्छ| अर्को कुरा चै के हो भने हामीले अरुले गरेको जस्तै प्रगति गर्नु पर्छ तर अरुनै कुरा गरेर | अरुले के कुरा गर्छ आफुले त्यहि कुरा गर्ने होइन | त्यो त चोरेको हुन्छ | आफुले केहि नया तरिकाले गर्न सक्नु पर्छ |

    ReplyDelete
  2. अरु कुरा सबै ठिकै हो तर नेपाल हिन्दु राष्ट्र चै हैन ! लेखक लाइ ज्ञात होस् !

    ReplyDelete
  3. मानवले मानवको चरम् आलोचना र कतै भत्सना गर्नु त्यो उस्को गुण हो! तर बिवेकशील हूँ भन्नेले अरूको दैनिक जीवनलाई नन्यालेर नयाँ सोचविचारको पथ औंलाई दिए ,त्यस्ता गुणहरूको उत्खण्डन हुन्न थियो होइन र गोविन्दजी? किन एउटा समाजले अर्को समाजको परम्परा,रीतिरिवाज र अश्तित्वमा औंला तेर्साउनु ? नेपाली त उस्को पहिचान र जीवनशैली त कर्मको परिणाम हो, त्यसैले पहिचानलाई धर्म सँग तुलना गर्न सकिन्न।

    ReplyDelete

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.