मन बृन्दावन औ तन मथुरा बनाउँ।
भक्ति ज्ञान बैराग्यको त्रिवेणिमा नुहाउँ।।
कर्म कै वशमा छन् सृष्टि कर्ता ब्रम्हा पनि।
कर्मैमा लिन हुँदै हाम्रो जीवन सजाउँ।।
कर्कलाको पात माथी टल्किएको विन्दु यो।
सिन्धु संग मिल्नु छ पाईला अघि बढाउँ।।
कत्ती चाडै नास हुने पञ्च भौतिक देह।
नास हुन्न आत्मा मोक्ष मार्ग तिर लगाउँ।।
गोविन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!