गजल

गजल

एक्लो हिड्ने बानी परिसकेको छ।
केहि गर्ने इच्छा मरिसकेको छ।।१

हँसाउन खोजें फँसाउनेलाई।
निरासाले खुसि हरिसकेको छ।।२

राम्रो गर्न चाहें अनर्थ भएसी।
निरूत्साहले मन भरिसकेको छ।।३

जति छोपेपनि ईज्जत डोकोले।
बद्नामिको पर्दा झरिसकेको छ।।४

आफ्नैले नि' यहाँ चक्रव्यूह रची।
जे जे गर्नु थियो गरिसकेको छ।।५

अब सत्य भन्न अनि राम्रो गर्न।
अफ्नै संग मन डरिसकेको छ।।६

हिजो अरू भन्दा मरिहत्ते गर्ने।
सोच अन्त कतै सरिसकेको छ।।७

दुखेको छ मन जलेकेछ छाति।
निक्कै ठूलो दशा टरिसकेको छ।।८

गोबिन्द फुयाल, अमेरिका।


No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.