"अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्च"
स्थापना २०१३
''स्रष्टालाई सम्मान गराैं सृजनालाई माया गराैं''
प्रस विज्ञप्ती
साहित्य र यसको विकास र सम्बर्धनमा स्पष्टता, पारदर्शीता र निष्पक्षताको आभाष गराउन र समग्र भूटानी साहित्यलाई माया गर्ने र यसको बिकाश चाहानेहरूलाई एउटा मालामा उन्नका निम्ति कुनै यस्तो ठोस क़दम चाल्नु ज़रूरी छ जसले भूटानी गजलको इतिहास निर्माण गरोस। यही उद्देश्यले सं २०१३ मा अन्तराष्ट्रीय भूटानी सिर्जन्शिल मंचको स्थापना भयो र यही धेयका साथ जागरूक र प्रगतिशील युवाहरू एक भई यो कार्यको सुरूवात भएको पनि निक्कै समय भैसकेको छ । यस अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्चमा भएका हामी युवाहरूले तत्कालिन अवस्थामा केही यस्तो ऐतिहासिक काम गरौं जसले आउँदो पीडिले नेपाली भाषामा आफ्ना पूर्वजले गरेको कार्य हेरी गर्ब गर्नसकुन भन्ने अभिप्रायले तत्कालीन सक्रिय ग़ज़लकारहरुबाट दस-दस गजलहरू संकल गरी त्यहाँबाट ग़ज़लकारको संख्यालाइ हेरेर लगभग ४०० उत्कृष्ट गजलहरू प्रकाशन गरिने निर्णय अनुरूप कार्य अघि बड़ी रहेको सम्पूर्ण आदरणीय सर्जक तथा हाम्रा शुभेच्छुकहरूमा निवेदन गर्दछौं ।
केही समय यता अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्च मासिएको भन्ने हल्ला पनि सुन्नमा आएको छ । मञ्चभित्र केही उथुलपुथल भएको अवश्य हो तर मञ्च नै विगठन भयो भन्ने हल्ला निराधार भएको जानकारी गराउँन चाहान्छौं । मोति जयन्ति सम्ममा यो पुस्तक प्रकाशन हुने क़ुरा सम्पादक समितिका प्रमुख पुरानाघरे जीबाट उहँको बिज्ञ्यप्तीबाट पनि प्रष्ट गराउनुभएको क़ुरा सम्पूर्ण सम्वन्धित संघसंस्था एबं हामिलाई ग़ज़लका साथै आर्थिक सहयोग गर्नुहुने मित्रहरूमा निवेदन गर्दछु। हाम्रा सम्पादकहरू (दूर्गा रिमाल, हर्कराज गुरूंग, धर्मेन्द्र तिम्सिना, नविन प्रभात, अर्जुन रसाईली, सबिन धिमाल, राकेश काफ्ले, पुरानाघरे) ज्युहरूले गर्नु भएको मेहनतलाई परिणामसम्म पुर्याउँन प्रतिक्षा गरी सहयोग, साथ र सृजनात्मक प्रतिकृयालाई हामिले सकारात्मक रूपमा लिएका छौं ।
अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्चले स्थापना कालदेखि अंगिकार गरेर आएको ऐतिहासिक गजल संग्रह "दबाईएका आवाजहरु"को प्रकाशन गर्ने योजना पनि मजवुद तयारीका साथ अघि बडिरहेको जानकारी गराइन्छ । हालसम्ममा हामिलाई ७५ जना भूटानी गजालकारहरूले गजल दिनुभएकोछ। यहाँबाट केवल ४०० को हाराहार्रिमा गजल छानेर रहल गजलहरू वार्षिक रूपमा प्रकाशन गर्ने लक्ष मञ्चले लिएको छ । ढिला आवस्य भएको छ र यसको लागि हामी क्षमा चाहान्छौं तर मोति जयन्ती २०१५को अवसरमा स्थलगत कार्यक्रम किताब विमोचन गरिने योजना भएको कुरामा सम्पूर्ण हाम्रा शुभचिन्तकहरू लगायत गजल तथा आर्थिक सहयोग दिएर यो ऐतिहासिक कार्यमा सहभागिता जनाउनुहने सबैलाई ढुक्क रहन निवेदन गर्दछु ।
अन्त्यमा; भूटानी साहित्यमा सक्रिय रहेका युवा तथा इच्छुक स्रष्टाहरूलाई अन्तर्राष्ट्रिय भूटानी सिर्जन्शिल मञ्चलाई यो कार्यमा सहयोग गरी एउटा महान सुरूवातलाई सफलताको लागी मार्गदर्शन, हौसला र साथ एबं आशीष दिनु हुन समेत निवेदन गर्दछु ।
धन्यवाद
अध्यक्ष
गोबिन्द फुयाल
अन्तर्राष्ट्रिय भूटानी सिर्जनशिल मञ्च
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!