गफ-गाफ
निक्कै समय पछि अर्को स्टेट जाने साईत जुर्यो। निखिल भाईको ब्रतबन्दले आफन्त जन र अन्य धेरै बुद्धिजिवीको दर्शन गर्ने मौका पाईयो। यो अवसरको निम्ति डिल्ली आचार्य मामा राधा माइज्यु हजुरआमा मीना सानिमा लगायत सम्पूर्ण आचार्य परिवार लाई धन्यवाद। शिकागोमा धेरै संग परिचय भयो। जन्म थलोमा हुदा संगै गुचा खेल्ने, आमल-डमल, चोर-पुलिस खेल्ने लगायत माउखोलामा माछा मार्न जाँदाका ति नमेटिने क्षणहरू मनको पर्दा भरि चित्रित भए। पारिवारिक कुरा कानी पछि समाजिक र साहित्यिक पनि कुरा भए। म प्रायः अरूको सुन्ने र अाफ्नो पालोमा थोरै बोल्ने मान्छे हुँ भन्ठान्थें यो पाली अरूले सुने मात्र जस्तै लाग्यो। कारण रेल दुर्घटनाको कुरा मैले निक्कै बोल्नु पर्यो। मलाई कति बोल्न परेको होला? मान्छेले मूल्याँकन गर्ने बोली बाटै न हो। तै पनि एउटै तरिकाले मन बुझाएँ, "मनको ब्यथालाई यसरि बोलेर सबै सामु सुनाउने गर्दा पो त मन हलुको हुन्छ, कामबाट घर अनि घरबाट कामको यो जीवन तालिका बनेकोछ , ईष्ट मित्र संग भेट हुदा दिल खोलेरै बोलिन्छ"। हाम्रो वर्तमान नै एकदिन कहानी हुनेछ। यीनै कहानीको सेरोफेरो नबनोस भन्ने पनि सोचिरहें।
वर्तमान भूटानी जनसमुदायमा घर किन्ने, गाड़ी किन्ने र नागरिकता निकाल्ने बारे पनि गफ भयो। लेखक, गायक, संगीतकार सबै सिर्जनामा निमग्न भएको सत्यपनि गफगाफको हिस्सा बन्ने नै भयो। आखिर गफको एउटा अंग फ़ेसबुक पनि बनेरै छाड्यो। नागरिकता निकालेर फोटो पोष्ट गर्दा हुने फ़ायदा भन्दा घाटाका कुरा भए। खै कसको हो क्रेडिट कार्डबाट फटाफटि खर्च भएको कुरो खुल्यो। यो देशमा अाफ्नो परिचयका महत्वपूर्ण जानकारी यसरि फ़ेसबुकमा पोष्ट गर्दा तपाइको नाममा अरू कसैले घर किनेर रिणमा डुबिएला यो महत्वपूर्ण छ। क्रेडिट बिग्रियो भने पहिला रूख मुनिको बास थियो यहाँ त्यो पनि नसीब हुन मुश्किल छ।
जे होस, म पनि फोटो पोष्ट गर्न चाही क्रेजी नै छु तर यसता महत्वपूर्ण कुराको ख्याल अवश्य राखौं।
यसरि सनिबार रातभरिको निन्द्रा र थकानको बोझ घटाउन ब्रतबन्दमा भेटिनुहुने ईष्टमित्र संगको हाई हेल्लोले राम्रो काम गर्यो। एकै क्षण डेवान बजार घुमेर भिख दिदा बित्तिकै हिड्ने समय भैगएछ। समयको गतिलाई हामिले रोक्न नसकिने। समय र परिस्थितिको दाश नै हो मान्छे।
हिड्नै लागेको रहेछु हस्त भट्टराई सर संग भेट भयो। यतिबेला झल्यासै सम्झिए केही सीडी उहाँका निम्ति लगेको थिएँ। यही सम्झनाको कोसेली उहाको हातमा थमाईदिए। उहाँले हाम्रो सम्झना संग सबैलाई जोडिदिनु भयो। उहाँले सबैलाई दिनु भयो र आगामी प्रोजेक्टका निम्ति सहयोग भन्दै केहि रकम मेरो खल्तिमा लगाइदिनु भयो। सबै जनाले उपहार स्वरूप हाम्रो प्रयासलाई किनिदिनु भयो। उहाँहरु सम्पूर्णमा आभार तथा धन्यवाद ज्ञ्यापन गर्दछु।
हवस त अहिलेलाई गफगाफबाट बिदा पाउँ। हजुरको समय शुभ रहोस।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!