गजल
हर्षको लहर ल्यायौ खुसी चौगुना बड्यो।
'सौगात' बनेर आयौ खुसी चौगुना बड्यो।।१
सबमा प्रेमको बर्षा गरी आँखामा बसी।
सबको मनमा छायौ खुसी चौगुना बड्यो।।२
प्रशुती पीड़ामा डुबी आमा चिच्याई रूँदा।
''अँयार याँर'' करायौ खुसी चौगुना बड्यो।।३
जुझेर मरण संग आमा खुनमा डुब्दा।
आखिर आई हँसायौ खुसी चौगुना बड्यो।।४
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!