भक्ती-गजल
मथुरामा बाँसुरिको धुन जब बजाउथ्यौ।
राधाजिका साथ गोपि-ग्वाला सबै नचाउथ्यौ।।१
अघासुर, बकासुर, चाँडुक र मुष्टिकादी।
एकाएक मारी आफ्ना भक्तलाइ हँसाउथ्यौ।।२
बाँसुरिकै धून भित्र वेद मन्त्र सुन्थे योगी।
सप्त सूर धूनको रसास्वादन गराउथ्यौ।।३
साडी जति लुकि लुकि लुकाएर रुख माथी।
नाथ! देउ वश्र भन्दा ज्ञान गंगा बगाउथ्यौ।।४
अपार छ लीला बुझ्न कृष्ण कृडा बिचित्र छ।
सुदामाको कनिका खादै मन बहलाउथ्यौ।।५
गोविन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!