गजल
एक्ला एक्लै बाँच्नु रैछ जस्तो बाचा गरे पनि।
बिवस्तामा हाँस्नु रैछ अश्रु धारा झरे पनि।।१
नियतिले ख़ुशी लुट्यो बिछोडले दील टुट्यो।
बाँच्नै पर्ने जिन्दगानी जति मारा परे पनि।।२
संका लाग्छ आँफै संग आफ्नो हाल बुझ्न खोजें।
ज्यूँदो हुन्छ देह किन्तु भित्री मन मरे पनि।।३
सुम्पेकै हुँ मन मुटु रित्तो पारी आँफैलाई।
बाँचेको छु ज्यूँदो लाश प्राण अन्तै सरे पनि।।४
लुटिएँ म कुटिएँ म आँफ्नै बाट खेदिएँ म।
सास संग अास रह्यो सबै अरू हरे पनि।।५
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!