गीत
अस्ताउँदैछ घाम सुस्ताई रहेछ रहर।
फर्किदैछ पर्देशी आफ्नो सम्झेर घर।।
छुन्छ सागर छुन्छ बगी बगी त्यो खोला
खस्दा पहराबाट पीड़ा हजार होला
दुई किनार छोई बग्छ नमानी डर
फर्किदैछ पर्देशी आफ्नो सम्झेर घर
दिन ढलेर के भो साँझै परेर के भो
हास्दै डालीमा रम्ने फूल झरेर के भो
मिल्छ जति छ सबै भाग्यको परी भर
फर्किदैछ पर्देशी अाफ्नो सम्झेर घर
गोबिन्द फुयाल अमेरिका/
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!