केसमा गुरास लाउ म भेट्न आउछु।
र मन्द मुस्कुराउ म भेट्न आउछु।
लाजको घुम्टो ओढी सिर देखी पाउ सम्म।
सुन्दर्ताले ति छाउ म भेट्न आउछु।
स्वर्ग समान लाग्छ हामी खेलेको धर्ती.
लिएर तिम्रो नाउ म भेट्न आउछु।
हाम्रो मिलनमा जल्नेहरुको आँखा छल्दै।
एउटा हेरेर दाउ म भेट्न आउछु।
एक्लो भएर बाच्दाको पिर भुलेर।
मिलनको गीत गाउ म भेट्न आउछु।
यता मलाई जस्तो उता छट्पट गर्दै।
चौतारीमा नधाउ म भेट्न आउछु।
तिम्लाई कल्पेर यो मन भुवा सरी उडेर।
कोठा चोटा सजाउ म भेट्न आउछु।
गोविन्द फुयाल शिकागो
02/15/2010
Subscribe to:
Post Comments (Atom)
Powered by Blogger.
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!