गजल
देउरालिमा चडाउ भनी फुल अनी पात दियौ।
पर्खाइमा कुर्नु पर्ने अनगिन्ती रात दियौ।
जीवन भरी साथ दिने दुई मुटु लाई एकै पारी।
झुठा बाचा गरी किन आखिरमा घात दियौ।
बैशालु ति रहरहरु आवेगमा टुटेपछी।
आफ्नु दोश लुकाउन मर्दको यो जात दियौ।
भावनामा हराउथ्यौ हातेमालो गरी गरी।
पलभरमा छुटी जाने किन झुटो हात दियौ।
गोविन्द फुयाल।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!