गोविन्द फुयाल

गोविन्द फुयालको जन्म गेलेफु भुटान मा बिक्रम सम्वत २०३४फाल्गुन महिनामा माता धन्माया र पिता
खडानन्द फुयालका साइला सुपुत्रको रुपमा भएको हो। बालवस्थैमा जन्मभुमी भुटान छोडि नेपालमा शरणार्थी जीवन बिताउनु पर्‍यो। अभावै अभावले गोविन्दलाई एउटा गीतकार, संगीतकार एबम गायक बनायो। संगीतमा विशारद सम्मको अध्ययन गर्न गोविन्दलाई धरै परीश्रम गर्नु पर्‍यो। संगीतको अध्ययन गर्दा गर्दै उनले भुटानमा जन्मेका कुनै पनि गायकले नेपाली भजनको एकल अल्बुम नगरेको हुँदा भुटानि संगीतिक ईतिहासमा भजनको विधालाई भित्र्यये। भक्ती गजललाई पनि सँगै भुटानको संगीत ईतिहासमा थपे। १८ वर्सको नेपाल बसाइमा हिमाल फ्लुट बेन्ड, शराधा किर्तन समिती, लक्ष्मीनारयण भजन मन्डली, सुनखरी क्लब, भक्ती रस भजन समुह लगायतका सामुहिक जनहित्कारी कार्यक्रमहरुमा कार्य गरे। हाल अमेरिकाको लुहिविल, केन्ठकीमा बसोवास गर्दै आएका गोविन्दको अब एउटा गीत गजलको अल्बुम निकाल्ने योजना छ।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.