गजल 15

घटाले मेघ-मल्हार गायो तिमी याद आयौ।
धर्तिमा हरियाली छायो तिमी याद आयौ।।१

झर-झर वर्शा घटा हिलि-मिली वरिपरि।
वृक्ष लतामा प्राण ल्यायो तिमी याद आयौ।।२

उष्ण गृष्मको उत्ताउलो हुरिले जताततै।
सारा कस्टको रास थुपार्यो तिमी याद आयौ।।३

मन्द गतिमा अनि मुस्कान मन्द मन्द लिएर।
रितु राजले धर्ती सजायो तिमी याद आयौ।।४

गोविन्द फुयाल शिकागो, अमेरिका।
-०२-२१-२०१०

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.