कविता

कविता: माटो

हासेर सबै जीवन मेरो, यही माटोमा काल बित्यो।
पश्चिम गगनको सुर्य जस्तो, निफर बनियो यही माटोमा।१।

वसुधाम्श विपिन छ बटिका यो, सोभित पर्वतका लतिकाको।
पीयुश पान माताको, गरी बाचियो यही  माटोमा।२।

हरिया सुरिला धुपी सल्ला, कोकिल बनकी गर्छिन हल्ला।
मुक्तकन्ठको सङीत बिचित्र, रचिछ यो माटोको चित्र।३।

पथ भुलेको यात्री जस्तो, भुल्न सक्छु म यही माटोमा।
रक्तको बाजी राखेर, भिड्न सक्छु म यही माटोमा।४।

बीरहरुको सहासको गाथा, यही माटोले बोल्न सक्छ।
व क्ष उघारे यो माटोको, रगत सहितका कण कण बोल्छन्।५।

मुना टुसा पिपिरा रचेर, शब्द शब्दमा म रोपिदिन्छु।
वर्शा रितुको तरङ्ग नदिको, उर्लाहाटमा म उर्लिदिन्छु।६।

यही माटोले बनेको छु, माटो आखिर म पनि ता हु।
मैले बोल्दा माटो बोल्छ, यसको स्नेहले मुटु छिचोल्छ।७।

कुल्चिएरै हिडिरहेका छौं, पाइला कसरी अडेको छ?
रिक्त भो मगज यो होश छैन, त्यसै त नर केही चिन्दैन।८।

चरा चरकि आमा तिमि हौ, मेरो निम्ति त स्वर्ग तिमि हौ।
खुशी भै लुकाउनु मलाई, जब कालले टिप्छ मलाई।१०।

नभनी राजा दीन प्रजा, आफै भित्र बिलिन ति गरायौ।
प्राणी मात्रको प्राण धान्न, श्री कृष्णक पाठ दोहोर्यायौ।११।

अतिथि पो रहेछ रुप हाम्रो, कृष्ण धूममा जल्नु रहेछ।
छैन है मानिस यहाँ कौनै, सब माटोको पुन्ज रहेछ।१२।

गोविन्द फुयाल
१४ अक्टोबर १९९९
गोल्धाप 

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.