गजल
अङ्गुरको आशा गर्यौ कागतीको बोट रोपी।
भाग्यमा नै भर पर्यौ कागतीको बोट रोपी।।
हिउँ फुल्ने टाकुरो र तोरि फूल्ने फाटहरु।
चट्टै सबै बिर्सी झर्यौ कागतीको बोट रोपी।।
हिमालमा हुर्किएर उसैलाई घृणा गरी।
बिकृतिको बिज छर्यौ कागतिको बोट रोपी।।
जुन थाल्मा खाना खायौ त्यही थाल आज कठै।
फोहोरले किन भर्यौ कागतीको बोट रोपी।।
देवकोटा भनी गए हात्का मैला सुन्का थैला।
सुन्कै लागि किन मर्यौ कागतीको बोट रोपी।।
परिवार एक हुनु पर्छ र पो ईज्जत् हुन्छ।
परिवारै तोडी सर्यौ कागतीको बोट रोपी।।
गोविन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!