गजल
सागर यो छोडी गयौ कुवा भित्र पस्न रैछ।
नाता सबै तोडी गयौ नजरमा खस्न रैछ।।
आफ्नो भन्ने आफ्नै हुन्छ बुझ्नु पर्ने गाठी कुरा।
तर मुख मोडी गयौ एक्लो बनी बस्न रैछ।।
किनारामा लागे पछि खोला तर्ने कुरै छोडौ।
इतिहास यो मरोडी गयौ जातिलाई डस्न रैछ।।
गोविन्द फुयाल
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!