गजल


गजल

एउटा छुट्टै बात हुन्छ तिमी साथ हुदा।
रात यो प्रभात हुन्छ तिमी साथ हुदा।।

सल्बलाउछ मन भित्र तरंगीत हुँदै।
मर्दको यो जात हुन्छ तिमी साथ हुदा।।

एक्लै मेरो अर्थ हुन्न यो यात्रामा सुन!
जिताउने हात हुन्छ तिमी साथ हुँदा।।

दुख पीर छाती भरी भएपनि "सानु"!
मन मै अज्ञात हुन्छ तिमी साथ हुँदा।।

जब तिम्रा हातले सुम्सुम्याउछौ मलाई।
मर्यादामा घात हुन्छ हुन्छ तिमी साथ हुँदा।।

गोविन्द फुयाल, अमेरिका।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.