गजल
सुहाउने फूलबुट्टे फरियाले खुलाएको।
धरो धर्म तिमीलाई चौबन्दिले सुहाएको।।
चन्द्रमुखी मुहारमा गुलाफको रङ्ग जस्तो।
नागबेली चुल्ठो सिर सिन्दुरले सजाएको।।
हरिणको चाल सरि पाउहरु सार्दा खेरी।
पाउजुको छम छम्ले मन उतै हराएको।।
पीरहरु मनै भरी भएपनी उनिलाइ।
देखेपछि त्यो रुपले मन मुटु फसाएको।।
गोविन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!