गजल
सपना देख्ने आँखा नै आज आँसुले भरियो।
उसैको निम्ति बाँचेर उस्कै निम्ति लौ मरियो।।
समाइ हात भन्दै थि' प्यारा सुम्पिएँ जिन्दगी।
मानेर उस्कै कुरामा लाग्दा खाल्डोमा झरियो।।
जिन्दगी मेरो श्राप नै भयो लत्तिएँ उ देखि।
निमोठी मेरा कलिला इच्छा मारामा परियो।।
उडेर उतै गैदिन्छ मन बैगुनी सम्झिँदै।
समेट्न खोज्छु उडेको मन झनै पो छरियो।।
गोविन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!