गजल
माटो संग प्रीति बस्यो भुल्न पनि सकिएन।
जन्मभुमि बिर्सिएर खुल्न पनि सकिएन।।
स्वभिमानी गोर्खालीको जात मात्रै भयो मेरो।
गर्व गर्दै गोर्खे भनी फूल्न पनि सकिएन।।
काला गोरा लेटिनो र फेलिपिनो हरु संग।
स्वाभावैले गर्दा मिल्न जुल्न पनि सकिएन।।
बिलासिमा साथीहरू अभावको गाँस बिर्सी।
रक्सिएर सबै सामु झुल्न पनि सकिएन।।
गोविन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!