गजल
आलो घाउ चर्याउँछ देखाउन नसकिने।
मर्माहत बनाउँदा लुकाउन नसकिने।।
दुखाइको मात्रा झन्झन् बडी रह्यो हर क्षण।
वेदना यो ब्याख्या गरी खुलाउन नसकिने।।
मनै भित्र खिल बनी एक पल्ट गडेपछी।
बैमानी यो मनलाई सम्झाउँन नसकिने।।
खाटो बनी बसिदिन्छ पीडा दिई सधैं सधैं।
यो मनको टाटोलाई मेटाउँन नसकिने।।
खुशी खोस्यो नियतिले बटुलेर हाँसौं भन्दा।
उदाहारो खुशी सँग रमाउँन नसकिने।।
सम्हालेर रख्नु पर्छ घाउ लाग्न दिनु हुन्न।
जब रुन्छ मन तब फकाउन नसकिने।।
गोविन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!