गजल
बजारमा धेरै भेटें अंगालोमा बेर्नेहरु।
पैसा सामु राखिदिए जे भने नी टेर्नेहरु।।१
मान बिक्यो यो देशमा न्यायाधीश पनि बिक्यो।
लुकाउन झुठ यहाँ सत्यलाई खेर्नेहरु।।२
पत्रकार बनाउछ मुसालाई हात्ती जत्रो।
कति हेर्नु नौटंकी यो सभागृह घेर्नेहरू।।३
हिजो मात्रै भेटी आ'को मान्छेलाई आज भेट्दा।
अर्कै रूप देखाउँछन् नयाँ रंग फेर्नेहरु।।४
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!