गजल

गजल

क्षितिजको लाली जस्तो जिन्दगानी ढली जाने।
क्षण भर चम्किएर अनन्तमा चली जाने।।१

सपनाको जुन छुने हिड्छ लक्ष बनाउँदै।
नभेटाई निराशामा खोज्दा खोज्दै गली जाने।।२

नासवान देह भित्र सजाएर चिन्ता हरु।
अतृप्तिको ज्वालो भित्र आखिरमा जली जाने।।३

बिचित्रको रहस्य यो भाग्य लेख्छ सुकर्मले।
रचना हो नबुझेर आफ्नै भाग्य छली जाने।।४

शब्द+ संगीत:- गोबिन्द फुयाल, अमेरिका।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.