गजल

गजल

ज्यानै बाज़ी लगाएर अरूलाई हसाउँछ।
कलाकार सधैं लुकि-लुकि आँसु खसाउँछ।।१

वाह! वाह! खातिरमा कोसौं टाढा धाई धाई।
सबै दु:ख बिर्सिएर सिर्जना भै रसाउँछ।।२

आफ्नो इच्छा मनै भित्र दबाएर हाँसी हाँसी।
बल्झिएर दुखि दिने घाउ भित्र बसाउँछ।।३

निःसन्देह निसंकोच बिपत्तिमा परे सधैं।
अरूलाई उकास्न ऊ आफैंलाई फसाउँछ।।४

गोबिन्द फुयाल, अमेरिका।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.