गजल

गजल

तुशारो हट्यो आकाश खुल्यो जाग्दैछ पिपल।
पवन संगै त्यो डाली झुल्यो जाग्दैछ पिपल।।१

खडेरि खप्छ असिना खप्छ खप्दछ सिरेटो।
हिजोको मार त्यसले भुल्यो जाग्दैछ पिपल।।२

रन है बन गाउछ चरि थर्काई कन्दरा।
कोपिला अब फुटेर फूल्यो जाग्दैछ पिपल।।३

गिंरिंग थिए हाँगा र बिँगा हेरन आज त्यो।
हरेक डाली कोयली डुल्यो जाग्दैछ पिपल।।४

निरस पात निस्प्राण साखा उर्जाले सिंचेर।
सरिरै भरि जाँगर हुल्यो जाग्दैछ पिपल।।५

गोबिन्द फुयाल, अमेरिका।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.