गजल

गजल

अतितका दृश्य आई मन बेर्छ सम्झनाले।
परेलिको झ्याल खोली भित्र हेर्छ सम्झनाले।।१

वेदनाले किन डस्छ ज़िन्दगीमा सधैं यहाँ।
छिया छिया बन्छ अनि प्राण सेर्छ सम्झनाले।।२

हिड्दा हिड्दै यात्रा बिच अवरोध कति आए।
जता पाउ सरें उतै बाटो घेर्छ सम्झनाले।।३

मन उही मुटु उही घाउ पनि उही त हो।
दुखाइमा अाज भोली शैली फेर्छ सम्झनाले।।४

अरू कोहि जल्दो होला पिरोल्लिदै ज़िन्दगीमा।
गोबिन्दले जसो भन्यो उसै टेर्छ सम्झनाले।।५

गोबिन्द फुयाल, अमेरिका।
४/२१/१५

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.