गीत
फूलको धारले रेटी मेरो दिल छिया छिया पार्यौ।
उनको यादले मेरो यो मन धुजा धुजा पार्यो।।
मायाको आशा गरें घृणा गरेर गयौ।
दिलमा सजाएँ मैले आँसु बनेर झर्यौ।
पीरको झिरमा उनी यो दिल छिया छिया पार्यौ।
कमलो निर्दोष मेरो यो मन टुक्रा टुक्रा पार्यौ।।
किर्तिम लिएर हासो झुक्याई के नै पायौ।
मनको धड्कन अनि नसा नसामा छायौ।
संझना छोडेर मेरो यो दिल छिया छिया पार्यौ।
सपना तोडेर मेरो यो मन धुजा धुजा पार्यौ।।
गोबिन्द फूयाल, अमेरिका।
6/1/15
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!