गजल
फूल भन्छ माली दाई झर्न बन्दै मन छैन।
प्यारो वाग देखि पर सर्न बन्दै मन छैन।।१
ममताले प्यार घोली हुर्काउँने आफन्तका।
ती आँखामा आँश्रुधारा भर्न बन्दै मन छैन।।२
रमाउँछु डाली डाली काख माथि प्रकृतिको।
चुडिएर फेरि तल पर्न बन्दै मन छैन।।३
समयको बन्धनले कसिएर आखिरमा।
प्रियजन रुवाएर मर्न बन्दै मन छैन।।४
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!