गजल

गजल

अमृत खोज्न कति भट्टी धाएँ।
पाउँनु सम्म र त दु:ख पाएँ।।१

बोतल भित्र सुख खोजी हेरें।
अमृत भनी सधैं बिष खाएँ।।२

पिउँन भनी लामो यात्रा गरी।
मन्दिर सम्झी यहाँ सम्म आएँ।।३

प्रेयसी जस्तै बनिदियो रक्सी।
हर्दम मैले दीलमा सजाएँ।।४

नशामा डुब्दा मधुमाश लाग्छ।
त्यसैले मैले सदा प्रीत लाएँ।।५

गोबिन्द फुयाल, अमेरिका।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.