गजल
छैन कोही ठूलो सानु अहंकार छोडि देउ।
केही छैन मरी लानु अहंकार छोडि देउ।।१
समयमै हिरा फोर लेखेजति भोग्दै जाउ।
फेरि पर्ला धोका खानु अहंकार छोडि देउ।।२
कति भन्छौ 'म' र 'मेरो' नासवान देह लाई।
आखिरमा पर्छ जानु अहंकार छोडि देउ।।३
रूवाउछ सबैलाई आसक्तिको ताडनाले।
कति बन्छौ र अचानु अहंकार छोडि देउ।।४
जस्तो आयो उस्तै गयो छोड़ी जानेलाई सम्झी।
नफुटाउ त्यो भक्कानु अहंकार छोडि देउ।।५
मोह गरी जोड़्छौ किन टिला बन्ने सम्पत्ति यो।
न त धुरी न त छानु अहंकार छोडि देउ।।६
बुझ उसैलाई जस्ले चलाउँछ श्रृष्टि सारा।
'गोबिन्द' हो सब्को रानु अहंकार छोडि देउ।।७
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!