गजल

गजल 

प्रभातमा चर्किएको घाम टिक्दैन सत्य छ।
हतारमा गरिएको काम टिक्दैन सत्य छ।।१

चोरी ढाँटी हर दिन पेट भर्छ स्वार्थी मान्छे।
जबर्जस्ती लुटिएको माम टिक्दैन सत्य छ।।२

हिड्नै जस्ले जान्या छैन उहीँ उड्ने कुरा गर्छ।
यस्ता छुसी उडन्तेको नाम टिक्दैन सत्य छ।।३

हेर्दा उस्तै भएपनी गुण कति भिन्न हुन्छ।
अक्बरे सुनका अघि फलाम टिक्दैन सत्य छ।।४

गोविन्द फुयाल, अमेरिका।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.