गजल

गजल

तिमीलाई संझी संझी रून छोडेकोछु।
तिम्रो फ़ोटो आज भोलि छुन छोडेकोछु।।१

तिमि बिना कस्तो होला भन्थें जिन्दगानी।
त्सस्तो अर्ध पागल नि' हुन छोडेकोछु।।२

आफु भन्दा धेरै माया गर्थें जसलाई।
यो मनमा चम्किने त्यो जून छोडेकोछु।।३

बेहुलीको घुम्टो भित्र जब मृत्यु देखें।
उसै रात मैले 'हनिमुन' छोडेकोछु।।४

गोबिन्द फुयाल, अमेरिका

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.