गजल
हर साँझ जून हेर्न निस्किन्छु म आँगनमा।
स्वच्छ खुल्ला सास फेर्न निस्किन्छु म आँगनमा।।१
परेलिमा थुनिएको सम्झनाको कैदिलाई।
अंगालोमा कसी बेर्न निस्किन्छु म आँगनमा।।२
रिसाउँदा भन्ने गर्थ्यौ एकैछिन टाढा जाउ।
तिम्रा तिनै क़ुरा टेर्न निस्किन्छु म आँगनमा।।३
एकान्तले डस्न थाल्यो निसासिदा भित्र भित्रै।
आफ्नो गला आफैं सेर्न निस्किन्छु म आँगनमा।।४
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!