गजल


गजल

स्याउ जस्ता गालाको बयान नगरौं।
चाउरी पर्ने छालाको बयान नगरौं।।१

कुनै वस्तु एकै रूपमा कहाँ रहन्छ र?
सुकी जाने मालाको बयान नगरौं।।२

हेर्नेले जे भनेपनि फेसनका साना।
दुई ऐंचीका टालाको बयान नगरौं।।३

शालीनता भयो भने रूपको अर्थ हुन्छ।
उताउलो त्यो चालाको बयान नगरौं।।४

रोजी छाडि बजारमा खोजि हिड्ने संग।
गोरा अनि कालाको बयान नगरौं।।५

मन चोर्ने माया साट्ने भ्रम पैदा गर्ने।
ती नजरका भालाको बयान नगरौं।।६

गोबिन्द फुयाल, अमेरिका।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.