गजल
जवानी र रक्सिलाई जोड़े गजल हुन्छ।
रदिफ अनि काफियालाई गोडे गजल हुन्छ।।१
बसन्त र शिषिरमा फूलेका ती फूलको।
रस चुसी भमराले छोडे गजल हुन्छ।।२
केही पाए 'मनको राजा'पाउन छोडेपछी।
स्वार्थी बनी कोमल मन तोडे गजल हुन्छ।।३
संगै बाँच्ने संगै मर्ने बाचा बिर्सिएर।
प्रेयसिले यात्रा अन्तै मोड़े गजल हुन्छ।।४
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!