गजल
यी आँखामा तिमी बस्यौ नानी बनेर।
बिझाउँदै आज बग्यौ पानी बनेर।।१
सजाएको थिएँ सधैं प्यारो तस्वीर।
हेर्दा हेर्दै जल्यो लौ खरानी बनेर।।२
बोलाएर छेउमा सुम्सुम्याई औंला।
रमाउथ्यौ सधैं मनमानी बनेर।।३
सप्तसूर भित्र सजाएर गजल।
दुखाउँछ प्रेम यो कहानी बनेर।।४
मन किन दुख्छ आज तेस्रो प्रहर।
पीर समाउँने चुवादानी बनेर।।५
गोबिन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!