भक्ती गजल
मनको आँखा उघारेर संसार हेर्दैछु।
प्रभु तिम्रै कृपा हुँदा सास फेर्दैछु।।१
हरेक दिन ब्रत बसे दर्शन नपाएर।
तिम्रो भक्ती भाव भित्र चित्त बेर्दैछु।।२
भगवान हजुरको लीला अपार छ।
साधनाले कलुशित चित्त घेर्दैछु।।३
मेरो जीवन मात्र नभै श्रीस्टी कर्ताले।
गीता भित्र भन्नुभाको सबै टेर्दैछु।।४
गोविन्द फुयाल । लुहिविल केन्ठकी।
अमेरिका।।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!