गजल


गजल

गोर्खालिको छोरालाई दौराले नै सुहाउँछ।
राष्ट्र अनि राष्ट्रीयता पैरनले बताउँछ।।१

पौरखिको इतिहास सारंगिको तार रेटी।
लेकबेंसी हिमालको बीरगाथा सुनाउँछ।।२

भाषा बोल्छ संस्कारमा शब्द भन्दा मौनताले।
आफ्नो पन मौलिकता प्राण सम्झी जोगाउँछ।।३

लड़ाईमा बैरी माथी जाईलाग्छ बाघ भई।
मित्रलाई सधैं भरि आँखै भित्र सजाउँछ।।४

गोबिन्द फुयाल, अमेरिका।

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.