गजल
हिजो दियो भोलि लिन्छ, लिन्छ दिन्छ पालै पालो।
उहीँ लेख्छ अनि मेट्छ, लेख्छ मेट्छ पालै पालो।।१
डाली डाली रंग भर्दै, कोपिलामा मुस्काउदै।
बिदाइमा रुवाउँछ, फूल्छ झर्छ पालै पालो।।२
प्रकृतिको नियम हो, जन्मिनु र मर्नु पर्छ।
दुख सारै दिन्छ अनि, खुशी चुड्छ पालै पालो।।३
रमाउँने मूल पनि, बिझाउने सूल बन्छ।
गोलाकार समयको, चक्र घुम्छ पालै पालो।।४
गोविन्द फुयाल, अमेरिका।
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!