मन भित्र छट्पटी छ आँखा भरि आँसु।
यस्तो बेला भन प्रिय कसरि म हाँसौं??
मन भन्छ मनै संग कति दुख्नु मैले
आँखा भन्छ आँसु झार्ने कर्म पाएँ मैले
द्वन्द चल्दा इन्द्रियको ज़िन्दगी भो' पासो
यस्तो बेला भन प्रिय कसरि म हाँसौं??
छिया छिया बन्यो मुटु हृदयमा घात
लेखान्त नै यस्तै हो की लागेको हो बात
खुसी राख्ने मन फाट्यो कहाँ लगी साँचौं??
यस्तो बेला भन प्रिय कसरी म हाँसौं??
शब्द: गोबिन्द फुयाल, अमेरिका।
१०/२९/२०१५
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!