मिल्दछ सबै शृष्टिको वस्तु नरूनु फाटोमा।
झर्दछ फूल छोडेर डाली आखिर माटोमा।।१
प्यासी त्यो यात्री देखेर नदी रित्याउँ भन्दछ।
रितिन्न पानी मेटेर प्यास हिड्नु छ बाटोमा।।२
मायाको जाल तृष्णाको छाल उर्लिन्छ मनमा।
थपेर जान्छ पीड़ाले कठै रेटेर खाटोमा।।३
आकाश छुन्छु चन्द्रमा चुम्छु भनेर उफ्रिन्छ।
बिलाइ जान्छ मानिस कठै धर्तीको पाटोमा।।४
गोबिन्द फुयाल, अमेरिका।
११/०६/२०१५
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!